+
+

पर्सामा श्रृंखलाबद्ध डकैती र हत्यामा संलग्न अभियुक्त २५ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते २०:१४

७ जेठ, काठमाडौं । दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

सखुवा प्रसौनाी गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, गिरी २२ असोज २०६५ मा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी भएको हत्यामा संलग्न थिए ।

त्यसतै, १२ भदौ २०५७ मा मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए । त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो ।

१९ फागुन २०६६ र २५ पुस २०६० मा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए । ३ असार २०६० मा उनी पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए ।

४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए । मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको एसपी ढुंगेल बताउँछन् । उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?