युरोकपका क्रममा इंग्लयाण्ड र रसियाबीचको खेलपछि रंगशाला वरपर वितण्डा मच्चाउने रुसी समर्थकलाई फ्रान्सले देश निकाला गर्ने भएको छ ।
फ्रान्सेली प्रहरीले १५० जनाको ‘पूर्ण प्रशिक्षित रुसी गुण्डा’को समूहलाई मार्सेलीमा भएको इंग्लयाण्ड र रसियाबीचको खेलमा १-१ को बराबरी भएपछि भएको हिंसात्मक झडपमा दोषि ठहर्याएको बिबिसीले जनाएको छ ।
साथै ६ जना इंग्लिस समर्थकलाई पनि हिंसात्मक झडपमा उनीहरुको संग्लग्नता पुष्टि गरी सोमबार जेल चलान गरिएको छ । रुसी समर्थक युनियनका संयोजक अलेजेन्दार स्प्रिजिनले २९ जनालाई एयरपोर्टतर्फ लगेका थिए ।
फुटबल समर्थकलाई देश निकाला गरिएकोबारे फ्रन्सेली प्रधानमन्त्री म्यान्युएल वाल्सले भनेका छन्, ‘केहि फुटबल समर्थक मुलुकको राष्ट्रिय क्षेत्रमा रहन सक्दैनन् ।’
बिबिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4