Comments Add Comment

धुर्मुस-सुन्तली फाउन्डेसनको सल्लाहकारमा महजोडी नियुक्त

Madan-Krishna-and-Haribansha

३२ जेठ, काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य धुर्मुस-सुन्तली फाउन्डेसनको संस्थापक सल्लाहकार बनेका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सामाजिक काम गर्नका लागि भूकम्प पश्चात फाउन्डेशन स्थापना गरेका थिए ।

एउटा हास्य कलाकारले फाउन्डेसनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् । गिरानचौर एकिकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्कीने गरी बनाउन उनीहरुले सुझाव दिए ।

‘सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा हो,’ मह जोडीले भने, ‘धुर्मुस सुन्तलीबाट भएको सामाजिक काम प्रशंसनीय छ ।’ हास्य क्षेत्रका विशिष्ट व्यक्तिले फाउन्डेसनको प्रस्ताव स्वीकार गरेकोमा धुर्मुस-सुन्तलीले आभार व्यक्त गरे । मह जोडीको अनुभव र उपयुक्त सल्लाहले नै आफुहरुलाई अघि बढ्न प्रेरित गर्ने उनीहरुको भनाई थियो ।

युरोप भ्रमण गरेर केहि दिनअघि स्वदेश फर्किएका मह जोडीले बेल्जियमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैँयाभन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment