Comments Add Comment

सलमानसँग डेजी नजिक हुँदा लुलिया रिसाइन्

salman daisy and luliya in one frame
बलिउड नायक सलमान खानकी प्रेमिका लुलिया वंतुर र नायिका डेजी शाहविच युद्ध सुरु भएको छ । लुलियालाई सलमानसँग डेजी नजिक भएको मन पर्दैन । यस बिषयमा उनले सलमानको परिवारमा पनि कुरा गरेकी छिन् ।

डेजी शाहसँग सलमान नजिक हुँदा लुलिया रिसाउने गरेको भारतीय मिडियाको दाबी छ । सलमानको परिवारले डेजीसँग नजिक नहुन भनेको पनि मिडियाको दाबी छ ।

केही समय अगाडि डेजीले सलमानलाई बिहे नगर्न सुझाव दिएकी थिइन् । डेजीले यस बिषयमा भनिन्-‘म लुलियाको साथी होइन । सलमान मेरा साथी हुन् । यसैले लुलियाले के भन्छिन् यसमा मलाई कुनै मतलब नै छैन ।’

डेजीले सलमानसँग चलचित्र ‘जय हो’मा काम गरेकी थिइन् । कुनै समय बलिउडमा डेजी र सलमानको प्रेम छ भन्ने चर्चा पनि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment