Comments Add Comment

वेब ब्राउजरबाटै थाहा हुन्छ मान्छेको आनीबानी, कुन ब्राउजर चलाउनेको बानी कस्तो ?

broweser2इन्टरनेट चलाउँदा तपाइँले कुन ब्राउजरको प्रयोग गर्नुहुन्छ भन्ने कुराले तपाइँको बारेमा तपाइँले सोँचेभन्दा बढि कुराको पोल खोल्दछ ।

कार्यस्थलमा प्रतिबद्धता तथा कामप्रतिको इमान्दारिताको कसीमा सफारी तथा इन्टरनेट एक्स्प्लोररका प्रयोगकर्ता कमजोर सावित हुने देखिएको छ ।

ओरिजिनल्सः हाउ नन कन्फोर्मिस्ट्स मुभ द वल्र्ड नामक किताबमा दाबी गरिए अनुसार फायरफक्स र क्रोम ब्राउजर प्रयोग गर्ने मानिसहरु आफ्नो कामप्रति बढि प्रतिबद्ध र इमान्दार हुन्छन् ।

किताबका लेखक प्राध्यापक एडम ग्रान्डले यो पुस्तक तयार गर्ने क्रममा माइकल हजम्यानले ३० हजार कस्टमर सर्भिस एजेन्टहरुमा गरेको अध्ययनका डाटा प्रयोग गरेका छन् । ती एजेन्टहरु आफ्नो कामप्रति कति इमान्दार तथा प्रतिबद्ध थिए भन्ने कुराको अध्ययन हजम्यानले गरेका थिए ।

मानिसहरुको जागिरमा टिकिरहने र जागिर फेरिरहने दरका साथै उनीहरुले प्रयोग गर्ने इन्टरनेट ब्राउजरका विषय तथ्यांक संकलन गरी यी दुइबीचको सम्बन्ध पर्गेल्ने कोसिस शोधकर्ताले गरे ।

निष्कर्ष निकै अनौठो निस्कियो । जस अनुसार फायरफक्स र गुगल क्रोम ब्राउजर प्रयोग गनेहरु इन्टरनेट एक्स्प्लोरर तथा सफारी ब्राउजर प्रयोग गर्नेभन्दा आफ्नो जागिरमा १५ प्रतिशत बढि टिक्ने गरेको पाइयो ।

त्यस्तै कामकाजी मानिसहरुको कार्यालय वा कार्यस्थलमा अनुपस्थितिको दरसँग उनीहरुले प्रयोग गर्ने ब्राउजरको सम्बन्धको तुलना गर्दा फायरफक्स र क्रोम प्रयोग गर्नेहरु सफारी र एक्स्प्लोरर प्रयोग गर्नेहरुभन्दा कार्यस्थलमा अनुपस्थित हुने दर १९ प्रतिशत कम पाइएको छ ।

आफ्नो कार्यसम्पादनको हिसाबले पनि फायरफक्स र क्रोम प्रयोगकर्ताहरु अब्बल देखिएका छन् । फायरफक्स र क्रोम प्रयोगकर्ताहरुले धेरै सामान बिक्रि गर्न सफल भएका, फोनमा कम झुण्डिने गरेका तथा उनीहरुप्रति ग्राहकहरु पनि बढि सन्तुष्ट हुने गरेको पाइएको छ ।

स्मरण रहोस् इन्टरनेट ब्राउजरको दुनियामा सबैभन्दा लोकपि्रय ब्राउजरको रुपमा क्रोम रहेको छ । ४१.६ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले क्रोम चलाउँछन् । त्यस्तै ४१.३ प्रतिशतले इन्टरनेट एक्स्प्लोरर, ९.७६ प्रतिशतले फायरफक्स, ४.९१ प्रतिशतले सफारी, १.८९ प्रतिशतले ओपेरा तथा ०.०१ प्रतिशतले कन्क्वेरर ब्राउजर प्रयोग गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment