+
+

यी हुन् काठमाडौं वन कार्यालयले छाडेका भारतीय तस्कर

प्रहरीले समात्ने, वनका हाकिमले जोगाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते ९:४३

Mahamad usman३ असार, काठमाडौं । भारतको पटना निवासी मोहम्मद उसवान विहीबार काठमाडौंको रानीबारीस्थित दक्षिणकाली मन्दिर परिषरबाट समातिए । उनका साथबाट प्रहरीले १०९ वटा कछुवा र १६३ वटा विभिन्न जातका चराहरु जिउँदै समात्यो र चिडियाखानामा बुझायो ।

प्रहरीले यी भारतीय नागरिकलाई समातेको यो पहिलो घटना होइन । दुई साल पहिले अर्थात ०७१ साल असार ३० गते यिनी काठमाठौंको पानी पोखरीबाट पक्राउ परेका थिए । त्यसबेला यिनका साथबाट प्रहरीले कछुवाको साटो खरायो र चराहरु ठूलो संख्यामा बरामद गरेको थियो ।

birdsपशुपंक्षी बेचबिखनको गैरकानूनी धन्दामा पेशेवर रुपमा संलग्न यी भारतीय अपराधीलाई जिल्ला वन कार्यालय काठमाडौंमा जिम्मा लगाइएको थियो । तर, उनलाई वन कार्यालयले यसरी संरक्षण दियो कि उनले दुई वर्षको अवधिमा थप धन्दा फस्टाए ।
नेपालमा बसेर गैरकानूनी कार्य गरिरहेका उसवानलाई वन कार्यालयले डाँडो कटाएर स्वदेश फर्काउनुको साटो उपत्यकामै पालेर राख्यो ।

पहिले के-के समातिए ?

दुई वर्ष अघि पानी पोखरीबाट पक्राउ पर्दा छोटू भन्ने उसमानका साथबाट प्रहरीले ककातिल चरा ४ वटा, फिन्च चरा ८४ वटा र बजरिजर चरा २५ वटा बरामद गरेको थियो ।

त्यस्तै ०७१ सालमा यी भारतीय नागरिकका साथबाट जावा चरा २ वटा, लवबर्ड ६ वटा, सुगा १० वटा, फेन्सी परेवा २८ वटा, बट्टाई १० वटा, मैना चरो एउटा, बिनियक चरा ६ वटा र खरायो ३ वटा समातिएका थिए ।

अहिले के के भेटियो ?

जिल्ला वन कार्यालयका कर्मचारीले पैसा खाएर छुट दिएपछि काठमाडौंमा पुनः पुरानै व्यवसाय सुरु गरेका उसमानका साथबाट प्रहरीले विहीबार बरामद गरेका पंक्षीको विवरण यस्तो छः

कछुवा जिउँदो – १०९ वटा
चरा संख्या -१६३ -बडजेरिगर, काकातिल, जाभा र सुगा)
कछुवा राख्ने भाँडा ठूलो-१३६
कछुवा राख्ने भाँडा सानो-१३९
चरा राख्ने पिँजडा- १८

tortoil_usman1

घरबेटीले पक्राए

वन कार्यालयबाट छुटेपछि भारतीय नागरिक उसमानले रानीबारीस्थित नरेश शाहीको घर भाडामा लिए । शाही लाजिम्पाटको अर्को घरमा बस्थे । उसमानले शाहीको घरमा अवैधरुपमा कछुवा र चराहरु पाल्दै विभिन्न ठाउँमा सप्लाइ गर्न थाले ।

बेलाबखत घरबेटी आउँदा उसमानले घर अगाडि केही चराहरु सानो पिँजडामा राखेको देखिन्थ्यो आफूले सोखले गर्दा ती चरा पालेको उनले बताउने गरेका थिए ।

birds3घरभित्र ठूलो संख्यामा पालिएका कछुवाको दुर्गन्ध बाहिरसम्म नआओस् भनेर उनले पर्फ्युम छर्कने गरेका थिए । भित्र रहेका कोठामा प्लाष्टिकका भाँडाहरुमा पानी हालेर कछुवा राखिएको थियो भने चराहरुका लागि ठूला पिँजडा राखिएको थियो ।
तर, विस्तारै घरबेटीले उसमानको गैरकानूनी धन्दा थाहा पाएपछि उनैले प्रहरीलाई खबर गरेका आधारमा विहीबार उसमान पक्राउ परेको स्रोतले बतायो ।

त्यसो त कुलेस्वरमा चितुवा पसेका दिन त्रिभुवन विमानस्थल छेउमा प्रहरीले १९ वटा जिउँदा कछुवा बरामद गरेको थियो । ती कछुवा उसमानकै भएको प्रहरीको अनुमान छ ।

समुद्र आसपास पाइने कछुवाका बच्चाहरु भारतबाट माछाका भुरासँग मिसाएर काठमाडौं भित्र्याउने गरिएको प्रहरी स्रोतको दाबी छ । त्यसरी ल्याएर पालिएका कछुवा त्रिभुवन विमानस्थलको फितलो सुरक्षा व्यवस्थालाई प्रयोग गर्दै भारतीय तस्करहरुले चीन लगायत विभिन्न देशमा महंगोमा बेच्ने गरेको प्रहरीको अनुमान छ ।

त्यसैगरी आकर्षक चरा र सुगाहरु काठमाडौंकै सौखिन घरानियाँहरुलाई उसमानले बेच्ने गरेको प्रहरीको दाबी छ ।

birs4उसमानले जस्तै काठमाडौं उपत्यकाका विभिन्न घरहरुमा पशुपंक्षी पाल्ने गरिएको पाइएमा खबर गर्न र अपराध नियन्त्रणमा सहयोग गर्ने प्रहरीले सबैमा आग्रह गरेको छ ।

यसैवीच उपत्यकाका कतिपय व्यक्तिका घरमा चितुवासमेत पालिएको हुन सक्ने विज्ञहरुको अनुमान छ । बेलाबखत सहरमा भेटिने चितुवा त्यही घरपालुवा हुन सक्ने दाबी विज्ञहरुले गरेका छन् ।

पशु अधिकारको क्षेत्रमा काम गरिरहेका विश्वनाथ रिजाल अनलाइनखबरसँग भन्छन्-‘शहरमा फेला परेको चितुवा शौचालयमा लुक्न जाने र मानिसलाई आक्रमण नगर्ने प्रकृतिको हुन्छ, यसको कारण के हो भने कसैले अवैध रुपमा पाल्ने र ठूलो भएपछि मासु खुवाउन नसकेर छाडिदिने गरेको हुन सक्छ ।’

रिजालका अनुसार काठमाडौं उपत्यकामा वन्यजन्तु एवं पशु पंक्षीको अवैध व्यापार बढ्दै गइरहेको छ ।

letter_usman (2)

letter_usman (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?