Comments Add Comment

इटाली भर्सेस स्वीडेन प्रिभ्यू- उत्कृष्ट डिफेन्स भर्सेज सुपरस्टार फरवार्ड

शुक्रबार साँझ ६ः ४५ बजे

Italy-vs-Swiden

युरोकपको समूह ‘इ’ लाई ग्रुप अफ डेथ मानिएको छ । जहाँ उपाधिका दावेदार टोलीहरु इटाली बेल्जियम र स्वीडेन् छन् भने पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको आयरल्याण्डलाई पनि अण्डर डगको रुपमा हेरिएको छ ।

समूहको पहिलो खेलमा स्वीडेनलाई १-१ गोलको बराबरीमा रोकेर उसले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । अर्को खेलमा बेल्जियमले गत संस्करणको फाइनलिष्ट इटालीसँग २-० ले हार ब्यहोरेको थियो ।

समूहको दोस्रो चरणमा आज साँझ पौने सात बजेदेखि फ्रान्सको तोउजोजस्थित मुनिसिपल रंगशालामा इटाली र स्वीडेन आमने सामने हुँदैछन् । पहिलो खेलमा अंक बाँडेको स्वीडिस टोलीका लागि आजको खेल महत्वपूर्ण रहनेछ । किनकि नकआउट चरण प्रवेशका लागि स्वीडेनलाई तीन अंक निक्कै महत्वपूर्ण छ । समूहको अन्तिम खेलमा विश्वबरियातामा दोस्रो स्थानमा रहेको बेल्जियमसँग स्वीडेनको भेट हुनेछ ।

इता इटाली पनि लगातार दोस्रो जित हासिल गरेर नकआउट चरणमा सहज उपस्थिति बनाउन चाहन्छ । युरोकपको सन् २००० को संस्करणमा इटालीले स्वीडेनलाई २-१ गोलले हराएको थियो भने २००४ मा ज्लाटन इब्राहिमोबीचले बराबरी गोल गरेपछि इटाली समूह चरणबाटै बाहिरिएको थियो ।

इटाली र स्वीडेन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २२ पटक आमने सामने हुँदा पल्ला इटालीकै भारी देखिन्छ । इटालीले १० खेल जितेको छ भने स्वीडेनले ६ खेल जितेको छ । त्यसमध्ये यी दुई ८ पटक युरोकप अन्तर्गत खेलेका छन् । जसमा दुवैले ३/३ जित निकालेका थिए भने दुई खेल बराबरीमा सकिएको थियो ।

पछिल्ला १० खेलमा इटालीले २ हार र २ बराबरी निकालेको छ । यता स्वीडेनले भने समान खेलमा २ हार र ४ बराबरी खेलेको छ ।

इटलीका प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्ना खेलाडीप्रति निक्कै विश्वास रहेको प्रतिक्रिया खेलअघिको पत्रकार सम्मेलनमा दिए । उनले भने कि ‘मेरा खेलाडीले समूहको पहिलो खेलमा जस्तै प्रदर्शन यो खेलमा पनि दोहोर्‍याउनेछन् भन्ने मलाई विश्वास छ ।’, उनले थपे ‘ निश्चतरुपमा हामीले युरोकपको उत्कृष्ट सुरुवात गरेका हौं तर हामी अर्को चरणमा छनौट भइसकेका छैनौं, त्यसैले पहिलो खेलमा जत्तिकै यो खेलमा पनि मेहनत गर्नेछौं ।

पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘हामीले एउटा संगठित टोलीबिरुद्ध खेल्दैछौं । इब्राहिमोबीचमात्र होइन फोर्वर्ग वा गुइडेट्टीले पनि हाम्रो रक्षापंक्तिलाई दबाव दिन सक्छन् । त्यसैले यसका लागि हाम्रो डिफेण्स सशक्त हुनु अपरिहार्य छ ।’

यता स्वीडेनका प्रशिक्षक एरिक हृयाम्रेनले पत्रकार सम्मेलनमा ठूला स्टार बिनापनि इटालीको खेल स्तरीय रहेको बताए । बेल्जियमको खेलमा रक्षापंक्ति र अग्रपंक्ति दुवैमा इटालीको प्रभावशाली पकड रहेको भन्लै प्रशिक्षक एरिकले भने, ‘हाम्रालागि इटाली एक कठीन चुनौति हो । तर हामी यसको डटेर सामना गर्नेछौं र देखाउनेछौं “फुटबलमा जे पनि संभव छ ।”‘

उनले पहिलो खेलमा गत मंगलबार आयरल्याण्डसँग बराबरी खेलेपछि मनोवल केहि ह्रास भएपनि अहिले पूर्ण ध्यान इटालीसँगको खेलमा केन्द्रित गरेको उनले सुनाए । उनले भने कि, ‘हामी इटालीबिरुद्धको खेलमा प्रभावशाली हुनु जरुरी हुनेछ, किनकी जति धेरै अवसर सृजना गर्‍यो, त्यत्तिनै धेरै गोलको संभावना हुन्छ ।’ एरिकले थपे ‘तपाईंलाई थाहै छ फुटबलमा जित्नका लागि गोल अवश्य गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment