+
+
Shares

तमोर नदीको पुल निर्माण रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते ७:४६

bridge४ असार, ताप्लेजुङ । जिल्लाको दुईबटै निर्वाचन क्षेत्र जोड्ने ताप्लेजुङको दोभानस्थित तमोर नदी माथिको मोटरेवल पुल (ट्रष्ट ब्रिज) को निमार्ण कार्य पुनः रोकिएको छ । वर्षा यामसँगै नदीमा पानीको बहाव बढेको भन्दै निर्माणको जिम्मा लिएको कम्पनिले मंसिर सम्मका लागि काम रोकेको हो ।

सम्झौता भएको दुई वर्षसम्म कामनै नगरी बर्षा लागसँगै काम सुरु गरेको हुलास कम्पनीले निर्माण कार्य अघि बढाउँदा पानीको बहावले नदिने र हालसम्म बनाएको संरचना पनि बगाउने भन्दै काम रोकेको छ । कम्पनीका इन्जिनियर उद्धव रानाले पानीको बहाव घट्न मंसिर नै लाग्ने भएकाले सो समयसम्म काम गर्न नसकिने बताए ।

आर्थिक वर्ष २०६५/०६६ मा ठेक्का आब्हानपछि सम्झौता भए अनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने भनिएपनि ठेकेदार र पुल निर्माणका लागि चाहिने सामान उत्पादक कम्पनीको लापरबाहिका कारण गत फागुनबाट मात्र कामले गति लिएको थियो ।

यस अघि पुल निर्माण गर्नुपर्ने जिम्मा पाएका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रालीले पुल निर्माणको लागि चाहिने सामान हुलास कम्पनीले उत्पादन गर्न ढिला गरेको र लामो समयको भारतीय नाकाबन्दी लगाएका कारण काम ढिला भएको बताएको थियो ।

bridge_1पुल निर्माणका लागि सम्झौता भएको छ वर्षामा कार्य समापन हुन नसक्दा जिल्लाको निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, लगायतका दुई दर्जन वडि गाविसहरुमा अन्य विकास निर्माणका काम समेत हुन सकेको छैन ।

एकवर्ष अघि नै निमार्ण कार्य पूरा भई सक्नुपर्ने यो पुलको निमार्ण कार्य पुन रोकिएपछि स्थानीयबासी थप चिन्तित भएका छन् । यो पुुलको निमार्ण कार्य पूरा भएपछि पूर्वका पहाडी जिल्ला हुदै तराई जोड्ने मार्गको अवरोध समेत हट्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?