Comments Add Comment

राष्ट्रिय सहमति विना चुनाव सम्भव छैनः प्रचण्ड

SAMSUNG CAMERA PICTURES

४ असार,  विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रिय सहमति बिना चुनाव सम्भव नभएको बताएका छन् । चुनाव अपरिहार्य भएपनि त्यसकालागि राष्ट्रिय सहमति आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

बिराटनगर बिमानस्थलमा आज पत्रकारसँग कुरा गदै सरकारले निर्वाचन गराउने बारेमा सवै पक्षलाई साथमा लिएर जानु पर्ने उल्लेख गर्दै  प्रचण्डले भने, ‘यो सामान्य छलफलवाट सम्भब हुने विषय होइन, यसका सत्तापक्ष प्रतिपक्ष र मधेसी मोर्चावीच सहमति आवश्यक पर्छ ।’

उनले सरकारले चुनाव गराउने बारेमा ल्याएको कार्ययोजना सकारात्मक भएका भएपनि राष्ट्रिय सहमति नहुँदा सम्म चुनाव हुन नसक्न बताए ।

अध्यक्ष प्रचण्डले एक महिना भित्र राष्ट्रिय सहमति सरकारको  संभावना रहेको बताए । उनले सहमतिय सरकारका विषयमा दलहरुबीच कुराकानी भइरहको बताए  । मधेसी मोर्चाले प्रस्तुत गरेको ७ बुँदेबारे सोधिएको प्रश्नमा प्रचण्डले संबिाधान जारी भईसकेको अबस्थामा संबिधान पुनर्लेखन गर्न नसकिने बताए । ‘संविधान शशाोधन गर्न सकिन्छ पुनर्लेखनको संभावना अब छैन,संबिधान पुनर्लेखनमा जाने बितिकै संबिधान खारेजीको संभावना बढ्छ’ उनले भने ।

मोरङको विराटचोकमा आज हुने प्रदेश नम्बर १ को अगुवा कार्यकर्ता भेलाका लागि अध्यक्ष प्रचण्ड सहित नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादवसहितका माओवादी केन्द्रका नेताहरुको टोली मोरङ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment