Comments Add Comment

कोरियन भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी, ३१ पक्राउ

आफ्नो प्रवेशपत्रको सक्कल देखाउँदै एक आवेदक

आफ्नो प्रवेशपत्रको सक्कल देखाउँदै एक आवेदक

४ असार, काठमाडौं । कोरियामा रोजगारीमा जानका लागि लिइने इपीएस कोरियन भाषा परीक्षाको पहिलो दिन शनिबार मात्रै ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

सरकारले यसवर्षदेखि इपीएस भाषा परीक्षामा खेताला परीक्षार्थी सहभागी हुने क्रम रोक्न भन्दै फारम भर्न नै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको थियो । तर, अरुकै एमआरपी बोकेरै पनि परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

परीक्षामा झण्डै ९५ प्रतिशत परीक्षार्थी सहभागी भए । शनिबार भएको दुई चरणको परीक्षामा २८ हजार ६ सय ८२ जनाले सहभागिता जनाए । पहिलो दिन १५ सय २० जना अनुपस्थित रहे भने ३१ जनाले नक्कली परीक्षार्थी पठाएको भेटिएको निर्देशक बास्तोलाले जानकारी दिए ।

पहिलो सिफ्ट अन्तरगत १४ हजार ३ सय ६४ र दोस्रोमा १४ हजार ३ सय १८ जनाले परीक्षा दिए । भोलि आइतबारपनि दुई सिफ्टमा परीक्षा हुनेछ । पोखरा र काठमाडौंका २१ वटा परीक्षा केनद्रमा परीक्षा सञ्चालन भइरहेको छ ।

यसवर्ष ५२ हजार दुई सय २२ पुरुष र आठ हजार चार सय चार महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार एक सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ।

कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया लै जाने गरी कोटा तय गरेको छ । तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया जानेछन् ।

परीक्षा दिन आउँदा एआरपी र प्रवेशपत्रको सक्कल अनिवार्य गरिएको छ । परीक्षाको नतिजा आउँदो साउन ११ गते प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment