Comments Add Comment

महिला साफको फाइनलमा नेपाल र भारतबीचको खेल सुरु

८ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल सुरु भएको छ ।

विराटनगरको शहीद रंगशालामा सुरु भएको खेलमा नेपाल र भारत दुबै उपाधि जित्ने लक्ष्यमा छन् ।

फाइनल खेलमा नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध मैदानमा उतारेको खेलाडीलाई नै पहिलो रोजाइमा राखेको छ ।

नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको छ ।

आफ्नै घरेलु मैदानमा पहिलो पटक आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल उच्च मनोबलमा रहेको छ ।

खेल हेर्न शहीद रंगशालामा उपस्थित दर्शक

यता, डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।

यो पनि पढ्नुहोस् : साफ महिला फुटबल : इतिहास रच्न आतुर नेपाली चेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment