
८ चैत, काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि भिडन्तमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ ।
२६ औं मिनेटमा भारतले अग्रता लिएको हो । डी बक्सबाहिर पाएको फ्रीकिकमा भारतका लागि डालिमा छिब्बरले गोल गरिन् ।
चालु प्रतियोगितामा नेपालले खाएको यो पहिलो गोल हो ।
उनले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै पोष्टको जाली चुमाएकी थिइन् ।
यसअघि खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल भारतकी गोलकिपर आदिती चौहानले बचाएकी थिइन् ।
खेलको १६ औं मिनेटमा भारतकी इन्दुमतीले प्रहार गरेको बल नेपालकी गोलकिपर एञ्जिला सुब्बाले बचाएकी थिइन् । त्यस्तै, खेलको १९औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4