+
+
Shares

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात र अन्य वित्तीय विवरण पारित गरेको छ।
  • १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ।

२६ असोज, काठमाडौं । गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सोमबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारणसभाबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित भएका छन् ।

त्यस्तै आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

हाल विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?