+
+
Shares

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १२:०९

१८ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले सिल्भर अवार्ड पाएको छ ।

विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट गरिमाले सिल्भर अवार्ड पाएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सीए निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरे ।

आईएसओ ९००१ः २०१५ र आइएसओ २७००१ः २०२२ मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर’ बाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?