News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलका उपचार सेवामा छुट पाउने भएका छन्।
- ओम हस्पिटलले सीटी स्क्यान, एक्सरे लगायत स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
- कान्तिपुर डेन्टल हस्पिटलले बेड शुल्कमा १५ र अन्य सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ।
१६ वैशाख, काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल एन्ड रिसर्च (केडीसी) सेन्टरका उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् ।
छुट सम्बन्धी बैंक र हस्पिटलबीच सम्झौता भएको छ । ओम हस्पिटलको उपचार सेवा अन्तर्गत सीटी स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्रदान हुनेछ ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडीसी)को बेड शुल्कमा १५ तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ । कान्तिपुरले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्रदान हुनेछ ।
गरिमा विकास बैंकका ग्राहकले मोबाइल बैकिङ र डेबिट तथा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित छुट सुविधा पाउने छन् । हाल बैंकका देशभर १२६ शाखा कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया 4