+
+
Shares

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजमै आवास कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरको आवास कर्जा योजना ल्याएको छ।
  • यस योजनामा अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट कर्जा उपलब्ध गराइनेछ।
  • ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्नसक्नेछन्।

२३ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरको आवास कर्जा योजना ल्याएको छ । हरेक नेपालीको आफ्नै घरको सपना साकार गर्न आकर्षक ६.४९ प्रतिशत ब्याजदरमै कर्जा दिनेगरी योजना ल्याइएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत विकास बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ । गरिमा विकास बैंकको सबै शाखा कार्यालयमा उपलब्ध यस योजनामा ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्नसक्नेछन् ।

‘अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन्’ बैंकले भनेको छ ‘ग्राहकलाई छिटो, छरितो एवंम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात पेश गरेको ३ कार्य दिन भित्र स्वीकृत हुनेछ ।’

नयाँ घर खरिद गर्न, नयाँ घर निर्माण गर्न तथा पुरानो घर मर्मत तथा पुनर्निर्माण गर्नका लागि यस योजना अन्तर्गतको आवास कर्जा उपभोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?