News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकको वार्षिक साधारणसभाले ६ प्रतिशत बोनस सेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
- साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित विभिन्न वित्तीय विवरणहरू पारित गरेको छ।
- विशेष प्रस्तावअनुसार बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्याउने र केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने निर्णय भएको छ।
२७ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ ।
बिहीबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले विकास बैंकको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूची पारित गरेको छ ।
आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड पुर्याउने, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयरपछि ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।
प्रतिक्रिया 4