+
+
Shares

गरिमा विकास बैंकको ‘रोड रेस’ प्रतियोगिता मंसिर ६ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते दोस्रो संस्करणको रोड रेस प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • रोड रेसमा खुला तर्फ १० किलोमिटर, कर्पोरेट र भेट्रान तर्फ ५ किलोमिटर दूरीको दौड हुनेछ।
  • प्रतियोगितामा करिब १ हजार जना सहभागी हुने अनुमान गरिएको छ र खल्ती एपबाट दर्ता गर्न सकिनेछ।

२६ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर ६ गते दोस्रो संस्करणको रोड रेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शनिबारका दिन हुने रोड रेस प्रतियोगितामा खुलातर्फ (महिला तथा पुरुष) १० किलोमिटरको हुनेछ । त्यस्तै कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर दूरीको हुनेछ ।

गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीलाई पनि समेट्नेगरी भेट्रान विधा थप गरिएको बैंकले जनाएको छ ।

करिब १ हजार जना प्रतियोगी सहभागी हुने बैंकको अनुमान छ । प्रतियोगितामा खुलातर्फको दुवै समूहका विजेताले जनही ५० हजार र कर्पोरेट तथा भेट्रान तर्फ जनही ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले ३५ हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार, चौथो स्थान हासिल गर्नेले १५ हजार र पाँचौ स्थान हासिल गर्नेले १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार, तृतीय हुनेले १४ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बालुवाटार, काठमाडौंस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट सुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकन्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पुनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ ।

त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट सुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो बालुवाटार पुगेपश्चात समापन हुनेछ ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकले प्रतियोगितामा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरेर दर्ता हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?