
News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकले आइतबार हरिशयनी एकादशीका अवसरमा देशका ६ स्थानमा वृक्षरोपण कार्यक्रम गरेको छ।
- कार्यक्रममा बैंकका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी र सर्वसाधारण सहभागी थिए।
- बैंकले यस कार्यक्रमले वातावरण संरक्षण, धार्मिक सम्पदा संरक्षण र दिगो विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आइतबार हरिशयनी एकादशीका अवसर पारेर वृक्षरोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्त्व राख्ने बर र पिपलका बिरुवा रोपेको हो ।
कास्की खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा गह्रौं कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ मोतिपुर पुल क्षेत्रमा बर र पिपलका बिरुवा रोपिएको हो ।
विकास बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बैंकका अध्यक्ष, पूर्वअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, विकास बैंक कर्मचारी, सेयरधनी तथा सर्वसाधारणको सहभागिता थियो ।
यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकास प्रवर्द्धनका साथै धार्मिक सम्पदा संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ ।
वृक्षरोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीका रूपमा विकास तथा संरक्षण गर्ने लक्ष्यसमेत छ ।
यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यसाथ यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया 4