+
+
Shares

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकलाई 'एक्सिलेन्स इन डिजिटल ट्रान्ज्याक्सन' र 'एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्ज्याक्सन' विधामा सम्मानित गरिएको छ।
  • आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत गरिमा विकास बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले काठमाडौंमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका थिए र बैंकका देशभर १२६ शाखा कार्यालय तथा ५१ एटीएम सञ्चालनमा छन्।

१० पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक सम्मानित भएको छ ।

‘एक्सिलेन्स इन डिजिटल ट्रान्ज्याक्सन’ र ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्ज्याक्सन’ विधामा गरिमा विकास बैंक सम्मानित भएको हो । आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत उक्त अवार्डबाट बैंक सम्मानित भएको हो ।

मंगलबार नेपाल क्लियरिङ हाउसद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरे ।

‘समायानुकुल नविनतम डिजिटल बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डले डिजिटल कारोबार विस्तारमा थप ऊर्जा प्रदान गरेको छ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत भदौमा भारतीय चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरको इर्मजिङ एसिया बैकिङ कन्क्लेभ एन्ड अवार्डमा ३ विधामा सम्मानित भएको थियो । हाल बैंकका देशभर १२६ शाखा कार्यालय र ५१ एटीएम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?