News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा र सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ ९००१ : २०१५ र आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
- बैंकले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ।
- प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले गुणस्तरीय सेवा र सूचना प्रविधिको सुरक्षा सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए।
९ वैशाख, काठमाडौं । गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ : २०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था इन्टरसर्टको तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे।
उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गुणस्तरीय बैकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षा सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए।
गरिमा विकास बैंकले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयबाट करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित एवम् विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4