News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकलाई न्यू बिजनेस एजद्वारा आयोजित दशौं न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डमा 'बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६' बाट सम्मानित गरिएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो।
- गरिमा विकास बैंकले देशभर १२६ शाखा, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
२८ वैशाख, काठमाडौं । गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एजद्वारा काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंक सम्मानित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ ।
यसअघि भारतीय चेम्बर अफ कमर्सद्वारा अगस्ट २९ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा विभिन्न विधाबाट सम्मानित भएको छ ।
हाल, गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवम् नविनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4