+
+
Shares

गरिमा विकास बैंकका तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित डिजिटल सेवा सार्वजनिक गरेको छ।
  • बैंकले प्रिपेड डलर कार्ड, पीओएस टर्मिनल र इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको जानकारी गराएको छ।
  • ग्राहकले अन्तर्राष्ट्रिय भुक्तानी, छिटो डिजिटल कारोबार र फोनपे नेटवर्कमार्फत अन्य बैंकका ग्राहकले पनि नगद निकाल्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंकले एकसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।

डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले प्रिपेड डलर कार्ड, पीओएस टर्मिनल तथा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको छ । गरिमा प्रिपेड डलर कार्ड मार्फत राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।

त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा मार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एपबाट इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहजरुपमा नगद प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?