Comments Add Comment

चिली कोपा अमेरिकाको सेमिफाइनलमा, भार्गास एक्लैले गरे ४ गोल

vargas५ असार,काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइनमा कोलम्बियासँगको भेट पक्का गरेको छ ।

आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

चिलीले गोलको वर्षा गरेको खेलमा भार्गासले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा कुनै गोल गर्न सकेन र कोपाको जारी खेलमा धेरै गोल खाने टोली बन्यो ।

पुचले खेलको १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा भार्गासले व्यक्तिगत पहिलो र चिलीका लागि दोस्रो गोल गरेका थिए । दोस्रो हाफको ४९ औं मिनेटमा एलेक्सिस सान्चेजले चिलीका लागि तेस्रो गोल गरे । त्यसपछि ५२, ५७, ७४ औं मिनेटमा भार्गासले गोल गर्दै उनले गोल संख्या ४ पुर्‍याए ।

८७ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो र टिमका लागि सातौं गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment