Comments Add Comment

अब जाँगे लगाउने दम्पतिको विवाह दर्ता नहुने

Beijing marriageविवाह गरेर विवाह दर्ता गर्न सरकारी कार्यालयमा जाने लोग्ने स्वास्नीले अबदेखि भडि्कलो पहिरन लगाउने नपाउने भएका छन् । विवाह दर्ताका लागि सरकारी कार्यालयमा जाँदा यदि जाँगे, टिसर्ट तथा कजुअल पहिरन लगाएमा दम्पतिको विवाह दर्ता हुनेछैन ।

खबर चीनको बेइजिंगको हो । बेइजिंगस्थित स्थानीय मामिला ब्युरोले हालै पञ्जिकरणका लागि घोषणा गरेको नयाँ नियममा विवाह दर्ताका लागि जाँदा लगाउनुपर्ने पहिरनका बारेमा यस्तो नियम उल्लेख गरिएको हो ।

ब्युरोका विवाह दर्ता निर्देशक हान मिंग्जीका अनुसार मानिसहरुले विवाहको प्रक्रियाप्रति पर्याप्त सम्मान व्यक्त गर्न सकिरहेका छैनन् । उनी भन्छन्ः दम्पतिहरु जाँगे र चप्पल लगाएर विवाह दर्ताका लागि आउने गरेको सामान्य भैसक्यो, जसले विवाहप्रति उनीहरुको लापरवाही तथा असम्मान दर्साउँछ ।

बेइजिंगमा पति पत्नीबीच सम्बन्ध विच्छेदको घटनामा तिव्र वृद्धि भैरहेको परिस्थितिमा सरकारले सम्बन्ध विच्छेदको समस्यासँग जुध्नका लागि यस्तो नियम बनाएको हो ।

नयाँ नियम जुलाई १ देखि कार्यान्वयनमा आउनेछ । सन् २०१५ मा चीनमा ३६ लाख दम्पतिले सम्बन्ध विच्छेद गरेका छन् । बेइजिंगमा मात्र एक वर्षमा ५५ हजारले डिभोर्स गरे ।

सरकारको नयाँ नियमप्रति चिनिया इन्टरनेट प्रयोगकर्ताको भने मिश्रति प्रतिक्रिया छ । सोसल साइट वेइबोमा प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले लेखेका छन्ः  विवाह केटाकेटीको खेल होइन यो सम्मानपूर्ण हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment