Comments Add Comment

राष्ट्रकविद्वारा छ वटा कृति एकसाथ बिमोचन

MADHAV-GHIMIREकाठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा छ वटा पुस्तक एकसाथ बिमोचन गरेका छन् ।

साहित्यकार चन्द्रबदना घिमिरेद्वारा लिखित खण्डकाब्य- ऋतुचक्र, स्मृति ग्रन्थ- माता पिताको संस्मरण र स्मृति भित्रका केही पात्रहरु सँगै साहित्यकार चन्द्रमणि अधिकारीको कबिता संग्रह मेरो आकाश र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका दुई पुस्तकहरु मर्स्याङ्दी परिचय कोष र मर्स्याङ्दी स्मारिका २०७३ एकसाथ बिमोचन गरेका हुन् ।

खण्डकाब्य- ऋतुचक्रमा कवयत्रीका रुपमा चन्द्रबदना घिमिरेले ऋतुहरुले प्रकृतिमा ल्याउने परिवर्तन र त्यसले मानिसको हृदयमा पार्ने प्रभावको बारेमा गहन चित्रण गरेकी छन् ।

‘’पर्छन् जीवन भित्र दुःख सुख नै संसारको चक्र हो  

एकैनाश हुँदैन जिवन सदा घुम्ने अवस्था न हो

पार्यो दुःख मलाई मात्र बिधिले भन्ने नसोचौं अनि

घुम्ने हुन्छ बुझौं समान ऋतुझैं यो चक्र जस्तै बनी ।‘’

स्मृति ग्रन्थ- माता-पिताको संस्मरणमा उनले कबयत्रीकारुपमा आफ्ना स्वर्गीय माता-पिता शोभाकर अधिकारी र हरिमायाँ अधिकारीको संस्मरण मार्फत जीबनका बिविध पक्षलाई उजागर गर्नुभएको छ ।

स्मृति संग्रह- स्मृति भित्रका केही पात्रमा भने आफन्त, परिवारजन र प्रियजनहरुको संस्मरणलाई काव्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

इसं १९४३ मई १ मा लमजुङ, दुराडाँडामा जन्मिएकी साहित्यकार चन्द्रबदनाले यसअघि २०५६ सालमा प्रयास कबिता संग्रह, २०५६ सालमा श्वेता शोक काव्य प्रकाशित गरिसकेकी छन् भने एउटा सामाजिक उपन्यास – अप्रकाशित वेदना प्रकाशोन्मुख छ ।

नेपाली साहित्यमा एमए र शिक्षा शास्त्रमा बीएडसम्म शिक्षा हासिल गरी लामो समयसम्म शिक्षण पेशामा सक्रिय रहेकी साहित्यकार घिमिरेले सेवा निबृत्त भएपछि साहित्यिक लेखनलाई थप सक्रियता दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment