Comments Add Comment

पासा पुचः गुठी युकेको अध्यक्षमा प्रजापति

Pasa-Pucha-UK५ असार, लण्डन । पासा पुचः गुठी युके साउथ-इष्ट इकाईको छैंठौ वार्षिक साधारण सभाबाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा भएको सभाबाट अध्यक्षमा रफत सञ्चार क्लबका विदेश विभाग प्रमुखसमेत रहेका प्रजापति निर्वाचित भएका हुन् ।

१९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सचिन श्रेष्ठ, मदन श्रेष्ठ, माधवलाल श्रेष्ठ तथा महासचिवमा नगेन्द्र श्रेष्ठ रहेका छन् ।

यस्तै सचिवमा योगेन्द्र कर्माचार्य, साँस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोषाध्यक्षमा बुद्धि श्रेष्ठ र सह-कोषाध्यक्षमा ध्रुव श्रेष्ठ छन् ।

सदस्यहरुमा क्रमशः भिमलक्ष्मी शाक्य, स्नेहा श्रेष्ठ, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजय कुमार श्रेष्ठ, रिता श्रेष्ठ र निरपेश श्रेष्ठ रहेका छन् ।

नेपाली कला संस्कृतिको संरक्षणका साथै नेपाल सम्बन्धि बिभिन्न गतिबिधि सञ्चालन गर्ने उद्देश्यले बेलायतमा सन् २००४ मा साउथ-इष्ट इकाईको स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment