Comments Add Comment

जापानमा ‘मोना नाईट’ को आयोजना

टोकियो । निःशुल्क वाइफाई जिल्ला बनाउने अभियानलाई सघाउन म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानले ‘मोना नाईट’को आयोजना गर्ने भएको छ ।

Mona-A3-Posterयही २६ तारिख आइतबार टोकियोस्थित इकेबुकुरोमा हुने मोना नाईटका लागि चर्चित लोक गायिका मिना लामा, शान्ति सुनार, चिजा तामाङ र सुमन परियार जापान आउने भएका छन् । कार्यक्रममा स्थानीय कलाकर्मीहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

एशियाको नोवेल भनेर चिनिने म्यागासेस पुरस्कार विजेता नेपालकै चर्चित आईटी विज्ञ डा. महावीर पुनमगरको निःशुल्क वाइफाई जिल्ला बनाउने अभियानमा सघाउन कार्यक्रमको आयोजना गरेको मोना जापानका अध्यक्ष महेन्द्र बानियााले बताए ।

म्याग्दी जिल्लालाई निःशुल्क वाइफाई जिल्ला बनाई नेपालकै पहिलो र नमुना  जिल्ला बनाउने बिश्वब्यापी अभियानमा सहकार्य गर्न जापानबासी नेपालीहरुमा मोनाले अपिल गरेको छ । कार्यक्रम टोकियो रोधी क्लवको बिशेष प्रायोजनमा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment