+
+

काबुल आक्रमणमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति देऊः कांग्रेस

मृतकलाई श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १५:५१

Sher Bahadur Deuba

६ असार, काठमाडौं । नेपाली कांग्रेसले काबुल आक्रमणका मृतक तथा घाइतेहरुका परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।

१४ जना नेपालीको ज्यान जाने गरी भएको आत्मघाती आक्रमणलाई पाशविक र क्रुर भन्दै कांग्रेसले यस्तो दुःखद घडीमा संयमका साथ एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गरेको छ ।

‘रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीहरुको अत्यन्त पाशविक, क्रुर र बर्बर हत्याले आज हामी सम्पूर्ण नेपालीहरु स्तब्ध र अत्यन्त दुःखीत भएका छौं,’ कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर भनेका छन्, ‘यो पाशविक हत्याबाट राष्ट्र आज शोक विहृवल र उद्देलित भएको छ ।’

घटनामा परी मृत्युवरण गरेका सबै नेपालीहरुप्रति श्रद्धाञ्जली, परिवारजनहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना देउवाले गरेका छन् ।

उनले नेपाल र अफगानिस्तानले बेहोर्नु परेको शोक विहृवलको यो घडीमा पूर्ण संयमका साथ एकजुट भएर अघि बढ्न सबैलाई आग्रह पनि गरेका छन् । उनले मृतकहरुको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था, घाइतेहरुको उपचारको प्रवन्ध, मृतक तथा घाइतेहरुका परिवारजनहरुलाई उचित क्षतिपूर्तिको प्रबन्धका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?