Comments Add Comment

काबुलमा मारिएका १२ नेपालीको पहिचान खुल्यो (नामसहित)

Kabul-Attack

६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बम आक्रमणमा परी मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकी रहेको बताए ।

काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिबानले आक्रमण गरेको थियो । घटनामा १४ नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन् ।

घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ ।

अफगानिस्तानमा बम विष्फोटका घटना सामान्य मानिएपनि नेपालीहरुलाई लक्षित गरेर आत्मघाती बम विष्फोट गराइएको भने यो पहिलो घटना हो ।

को को परे ?

अकुर तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुकबहादुर गुरुङ, स्याङ्जा

डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन

जितेन्द्रसिंह थापा, बुटवल

यो पनि पढ्नुस् 

काबुल आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि, पाँच घाइते

काबुल आक्रमणः सँगै काम गर्ने साथी गुमाएँ, अब यो जागिर खान्नँ

काबुलबाट नेपालीको रोदनः बिदा परेकाले बाँचेँ, अब कसरी ड्यूटीमा जाने ?

काबुल आक्रमण मानवता विरोधी अपराधः सरकार

काबुलमा मृत्यु भएका नेपालीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जली

अफगानिस्तानमा कार्यरत नेपाली वैधानिक हुन् कि अवैधानिक ?

काबुल घटनाको एनआरएनद्वारा निन्दा, नेपाली कामदार पठाउन रोक लगाउन माग

काबुल आक्रमणमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति देऊः कांग्रेस

माओवादीले भन्यो- अफगानिस्तानमा नेपालीको सुरक्षा व्यवस्था मिलाऊ

काबुल आक्रमणप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment