+
+

काबुलमा मृत्यु भएका नेपालीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १३:०३

KP Oli

६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली दिएका छन् ।

काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा १४ नेपालीको मृत्यु भएको छ । आक्रमणमा घाइते भएका नौ जनामध्ये ५ जना नेपाली छन् ।

प्रधानमन्त्री ओलीले घटनाबाट आफू स्तव्ध भएको बताएका छन् ।

उनले ट्वीटरमार्फत् भनेका छन्, ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?