+
+

काबुल आक्रमण मानवता विरोधी अपराधः सरकार

परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १६:५६

Kamal-Thapa,-DPM६ असार, काठमाडौं । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणलाई मानवता विरोधी अपराधको संज्ञा दिएको छ । सरकारले १४ जना नेपालीको मृत्यु भएको उक्त आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले काबुल आक्रमणको जानकारी गराएका छन् ।

शव स्वदेश ल्याउन कार्यवाहक राजदूतलाई पठाइयो

घटनामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको परराष्ट्रमन्त्री थापाले जानकारी दिए ।

मन्त्री थापाका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुर्‍याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग समेत गरेको छ ।

मन्त्री थापाका अनुसार नेपाल सरकारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

काबुलस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपालीहरु क्यानाडेली दूतावासतर्फ जाने क्रममा आत्र mमणमा परेका थिए । नेपालीहरु सवार मिनीबसलाई लक्षित गरी सोमबार बिहान ५ः४० बजे आक्रमणकारीले आत्मघाती बम हमला गर्दा १४ जनाको मृत्यु भएको थियो भने पाँच नेपालीसहित ९ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?