Comments Add Comment

ग्यास उद्योगीको दादागिरीः कारबाही रोक्न भारतबाट ग्यास नल्याउने धम्की

Gas

६ असार, काठमाडौं । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई कारवाही गरेको विरोधमा ग्यास उद्योगीहरुले भारतबाट ग्यास नल्याउने धम्की दिएका छन् ।

३ जनाको ज्यान जाने गरी सिलिन्डर बिस्फोट भएपछि सरकारले एचपी ग्यास कम्पनीलाई पीडीओ रोकेर ग्यास दिएको छैन । त्यसको विरोधमा ग्यास उद्योगीहरुले भोलिदेखि भारतबाट ग्यास आपूर्ति रोक्ने चेतावनी दिएका छन् ।

ग्यासलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेको छ । नियमअनुसार अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न पाइँदैन ।

तर, निजी ग्यास उद्योगी भने आफ्ना नाजाजय माग पुरा गराउन र सरकारी कारबाहीबाट बच्न ग्यास आपूर्ति रोक्ने धम्की दिँदै आएको छ । र, त्यसको नयाँ श्रृखला भएको उपभोत्ता अधिकारकर्मीहरु बताउँछन् ।

नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न निर्देशन दिँदै उद्योगहरुलाई परिपत्र गरेको छ ।
पीडीओ भन्नाले ग्यास उद्योगीले ग्यास किन्न नेपाल आयल निगममा जम्मा गर्ने अग्रीम भुक्तानीबापतको रकम हो । एउटा उद्योगले एउटा पीडीओका लागि आयल निगममा १३ लाख रुपैयाँ जम्मा गर्छन् । नियमले यो रकम भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गरेपछि उद्योगहरुले ग्यास भर्न पाउँछन् ।

सरकारले आवश्यक छानविनविनै एचपी ग्यासमाथि कारबाही गरिएको एलपी ग्यास उद्योग संघको आरोप छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडीओ रोक्ने निर्णय अन्यायपूर्ण भएको भन्दै भारतबाटै ग्यास नल्याउने निर्णय भएको बताए ।

७ जेठमा ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले २ जेठमा पीडीओ रोक्का गर्ने निर्णय गरेको थियो । र, निगमले ३ जेठदेखि एचपीको पीडीओ रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment