+
+

रसियालाई हराउँदै वेल्स युरो कपको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ३:०२

Wales

काठमाडौं । रसियालाई हराउँदै वेल्सले समूह विजेताका रुपमा युरो कप २१६ को नकआउट चरणमा स्थान पक्का गरेको छ ।

मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा वेल्सले रसियालाई ३-० ले हराएको छ । जितसँगै ३ खेलबाट ६ अंक जोडेको वेल्स समूह विजेता बनेको छ भने रसिया पुछारमा रहँदै युरो कपबाट बाहिरिएको छ ।

खेलमा वेल्सले ११ औं मिनेटमा एरोन राम्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै टाइलोरले गोल गरे । ६७ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि वेल्स महत्वपूर्ण तीन अंक हात पार्न सफल भएको छ ।

सन् १९५८ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले नकआउट चरणमा उत्तरी आयरल्याण्ड प्रतिद्वन्द्वी पाउन सक्छ । सन् २०१८ को विश्वकप आयोजक रसिया भने तीन खेलबाट मात्र एक अंक हात पार्दै युरो २०१६ बाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?