+
+

हेटौंडामा पेट्रोल पम्प सञ्चालन गर्ने साल्ट ट्रेडिङको तयारी

रासस रासस
२०७३ असार ७ गते १२:३९

petrol-oil-pump-tel
७ असार, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ ।  सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ ।

कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा त्यस आसपास क्षेत्रमा सम्भावित अध्ययन गरिरहेकोे छ । करिब पाँच दशक अगाडि स्थापित उक्त संस्थाले विशेष गरी नुनको अभाव हुन नदिन त्यसको मौज्दात राख्दै बजारमा आपूर्तिको व्यवस्थापन गरी सहयोग गर्दै आएको छ ।

कर्पोरेसनका संस्थापक लक्ष्मीदास मानन्धरले अहिले ग्यास तथा खाद्य सामग्रीको समेत सर्वसुलभ मूल्यमा बिक्री गरी उपभोक्तालाई सेवा उपलब्ध गराइँदै आएको जानकारी दिए । उनले विभिन्न समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गरी आफ्नो संस्थाले सरकारलाई सहयोग तथा जनतालाई सेवा पुर्याउँदै आएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?