Comments Add Comment

मन्त्री सुब्बालाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

Ram-Kumar-Subba

७ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भूमिसुधार मन्त्री रामकुमार सुब्बालाई बर्खास्त गर्न माग गरेको छ । गणतान्त्रिक सरकारका मन्त्रीले राजसंस्थाको पक्षमा सार्बजनिक अभिव्यक्ति दिएको भन्दै क्रान्तिकारीले सुब्बालाई बर्खास्त गर्न माग गरेको हो । बर्खास्त नगरे संघर्षमा उत्रिने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

मन्त्री सुब्बाले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा आफूलाई मन्त्री पदभन्दा राजसंस्था प्यारो लागेको र राजसंस्थाको लागि जुनसुकै बेला मन्त्री पद छोड्न तयार रहेको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

अखिल क्रान्तिकारीले मंगलबार विज्ञप्ति निकालेर नेपाली जनताको ठूलो त्याग र दशौं हजारको वलिदानबाट निर्माण भएको संविधान कार्यान्वयन गर्ने दायित्व बोकेको सरकारका मन्त्रीले निकृष्ट अभिब्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आफूले जुन संविधान बमोजिम मन्त्री भई सपथ खाएको छ, त्यहि संविधानको धज्जी उडाएर दुनियाँ हँसाउने गैरजिम्मेवार मन्त्रीलाई एक सेकेन्ड पनि पदमा बहाल रहने नैतिक, राजनीतिक र संवैधानिक अधिकार छैन । यसर्थ मन्त्री सुब्बालाई वर्खास्त गरी संविधान कार्यान्वयनको दायित्व पूरा गर्ने तर्फ अविलम्ब कदम चाल्न सरकारका प्रधानमन्त्री सहितका सवै सरोकारित निकायलाई जोडदार माग गर्दछौं । अन्यथा सडक संघर्षमा आउन वाध्य हुनेछौं ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि गणतन्त्र र धर्मनिरपेक्षता विपरित अभिव्यक्ति दिने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।

यो पनि पढ्नुस्

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई बर्खास्त गर्न कांग्रेसको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment