Comments Add Comment

सिलिन्डर बिष्फोट घटनाका दोषीलाई कारवाही गर्न मानवअधिकार आयोगको निर्देशन

७ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नियमित र  प्रभावकारी रुपमा ग्यास सिलिन्डरको गुणस्तर परीक्षण गर्न सरकालाई निर्देशन दिएको छ ।

सरकारलाई एक पत्र लेख्दै आयोगले सिलिन्डरको न्यूनतम मापदण्ड तोकी सोको प्रभावकारी रुपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्न र ग्यास बिस्फोट भई ललितपुर र काठमाडौंमा मृत्यु भएका तथा घाइतेहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषी उपर आवश्यक कारवाही गर्न भनेको हो ।

NHRCआयोगले आज उपभोक्ता हक अधिकारको विषयमा सरोकारवाला संस्थाहरुबीच छलफल गरेको थियो । छलफलमा उपभोक्ताको स्वास्थ्य सम्बन्धी अधिकार र दैनिक जीवनमा अत्यावश्यक एलपी ग्यासको आपूर्ति र गुणस्तरको सुनिश्चितताको विषयमा चासो प्रकट गरिएको छ ।

एलपी ग्यास जस्तो दैनिक उपभोग्य वस्तुको आपूर्ति, वितरण, नापतौल र गुणस्तरको विषयमा आम उपभोक्ताहरुमा सचेतनाको अभाव देखिएकोले सुसूचित गराउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको आयोगले जारी रेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आयोगले आम नागरिकसँग सरोकार राख्ने स्वास्थ्यको अधिकार सम्बन्धमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरुसँग समेत छलफल गरेको छ ।

देशका विभिन्न भागमा हालै पक्राउ परेका चिकित्सकहरुको सम्बन्धमा तथा नक्कली शैक्षिक प्रमाणपत्रहरुको छानविन प्रकृयाको विषयमा छलफल भएको हो ।

आयोगले नक्कली प्रमाण पत्रको छानविन तथा स्वास्थ्य सेवाको शुद्धीकरणमा निर्भिकतापूर्वक लाग्न तथा सर्वसाधारणको जनस्वास्थ्यमा हेलचक्रयाईँ हुने परिस्थिति बन्न नदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment