+
+
Shares

काबुलबाट शव ल्याउन बिहान साढे तीन बजे जहाज उड्दै

घर फर्कन चाहने अरुलाईपनि ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते १९:२४

Nepal-Airlines

७ असार, काठमाडौं । अफगानिस्तानमा हिजो भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज भोलि बिहान साढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गर्ने भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा आज बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको हो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।

सामान्यतः नेपालको एयरपोर्ट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएपनि बिशेष परिस्थितिका कारण बिहान साँढे तीन बजे जहाज उडाउन लागिएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

नेपालबाट अफगानिस्तानको नियमित उडान नभएका कारण भारत र पाकिस्तानसँग अनुमति लिने प्रक्रिया परराष्ट्र मन्त्रालयले सुरु गरिसकेको छ । काठमाडौंबाट कावुल पुग्न साँढे २ देखि ३ घण्टा लाग्ने महाप्रवन्धक कंशाकारले जानकारी दिए । शव संकलन गरी जहाज भोलिनै काठमाडौं फर्कनेछ ।

घर फर्कन चाहने अरुलाई पनि ल्याइने

मृतक र घाइतेलाई लिन बुधबार सबेरै काबुल प्रस्थान गर्ने जहाजमा नेपाल फर्कन चाहने नेपालीहरुलाई पनि ल्याइनेछ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार नेपाल एयरलाइन्सको बोइङ जहाजले घर फर्कन चाहनेलाई ल्याउने व्यवस्था मिलाइएको छ ।

प्रवक्ता कोइरालाले जानकारी गराएअनुसार घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् । उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता मृतकको शव र घाइते हुन्, त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?