+
+

‘मेरो श्रीमानको शव अरुले नखोसुन्’

काबुलमा मारिएका श्रीमानको शव बुटबल ल्याइदिन माग

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ असार ७ गते १९:३९

gaumati-&-bimal

७ असार, बुटवल । काबुल आक्रमणमा परि मृत्यु भएका बुटवलका जितेन्द्र थापाकी श्रीमती गौमती थापाले श्रीमान्को शव बुटबल ल्याइदिन सरकारसँग अपील गरेकी छन् । घरबाहिरकै महिलाले आफ्नो श्रीमानको शव बुझेर अन्त्यष्टी गर्नसक्ने उनको आशंका छ ।

‘काठमाडौंमा उहाँले एक महिला राख्नुभएको सुनेकी छु,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, सम्वन्ध राख्नासाथ सबै श्रीमती हुँदैनन् ।’

गौमतीले आफूसँगको बिहेदर्ता र फोटो देखाइन् । अनि कान्छो छोरो छेउमा राखेर भनिन्, ‘सन्तान उनैका हुन्, श्रीमान्को माया नलाग्ने कुरै भएन ।’

गौमती र जितेन्द्रका दुई छोरा छन् । मनिष कक्षा १२ मा र विमल कक्षा ११ मा पढ्छन् । छोराहरुसँग श्रीमानको दिनदिनै कुरा हुने गरेको उनले सुनाइन् । गौमतीका अनुसार कान्छो छोरालाई जितेन्द्रले आर्मी बनाउन तालिम दिएरहेका थिए । बुटवल उपमहानगर- १३ देवीनगरको विजयपथस्थित आफ्नै घरमा बस्दै आएक छिन् गौमती । उनले आफ्ना श्रीमान गत फागुनमा दोश्रो पटक काबुल गएको बताइन् ।

झण्डै १८ वर्ष भारतीय सेनामा काम गरेका जितेन्द्रले एक वर्ष इराकमा काम गरेका थिए । पछि करिब ४ वर्षअघि अफगानिस्तानको काबुल पुगेका थिए । साढे दुई वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गए ।

जितेन्द्रले दुई बिबाह गरेका छन् । कान्छी भनिएकी श्रीमती सञ्जिता लामा काठमाडौमा बस्छिन् । २ वर्षअघि विवाह गरेकी उनको ५ महिने छोरा पनि भएको बताइन्छ ।

‘केटीबिना बस्न नसक्ने श्रीमानको बानी थियो,’ गौमतीले भनिन्, ‘तर, घर बाहिर भएका सबै श्रीमती हुँदैनन् ।’

कान्छा छोरा बिमल भन्छन्- ‘ड्याडीले एकदमै माया गर्नुहुन्थ्यो, आइतबार कुरा हुँदा मलाई तालिम कस्तो भैरहेको छ भन्नुभएको थियो ।’

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले मिडिया र आफूहरुको सहयोगमा धेरै प्रयासपछि मात्रै जितेन्द्रको घरबारे पत्ता लगाएको अनलाइनखबरलाई बताए ।

बुटवल देबिनगरका जितेन्द्रको घरका छिमेकी लिलबहादुर बिकले घटनाले दुखित बनाएको बताउदै मृतकको शब बुटवल सम्म ल्याइदिने बाताबरण मिलाइदिन अनलाइनखबसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?