Comments Add Comment

सरकारलाई घुँडा टेकाउँछु भन्ने ग्यास उद्योगी वार्तामा आए

८ असार, काठमाडौं । एचपी ग्यासमाथि गरिएको कारवाही फिर्ता लिन दबाव दिँदै मंगलबारदेखि ग्यास ल्याउने अनुमति -प्रोडक्ट डेलिभरी अडर (पीडीओे) रोकेका उद्योगीहरु बुधबारदेखि वार्तामा बस्न तयार भएका छन् ।

Aapurti-Mantralaya
फाइल फोटो

आपूर्ति मन्त्रालयमा नेपाल एलपी ग्यास उद्योग संघका प्रतिनिधिहरुसँग वार्ता भइरहेको छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानुनी व्यवस्थाको धज्जी उडाउँदै उद्योगीले मंगलबारदेखि नेपाल आयल निगमबाट पीडीओ लिन बन्द गरेका थिए ।

ललितपुरमा तीनजनाको ज्यान जाने गरी भएको सिलिन्डर विष्फोटको घटनाबारे छानविन गर्न मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनबारे बुधबारको वार्तामा छलफल हुनेछ ।

समितिले बुझाएको प्रतिवेदनले एचपी ग्यासलाई उन्मुक्ति दिइएकाले वार्ताबाटै उद्योगलाई दिन बन्द गरिएको पीडीओ खुला गर्ने तयारी छ ।

‘प्रतिवेदन नआएसम्मका लागि पीडीओ रोक्ने निर्देशन आयल निगमलाई दिइएको थियो । अब समितिले बुझाएको प्रतिवेदनमा उद्योगको भन्दा उपभोक्ताको बढी दोष देखिएको संकेत गरिएको छ’ आपूर्तिका एक उच्च अधिकारीले भने- ‘अब सिलिन्डरको सुरक्षाबारे एक अनुगमन समिति बनाएर एचपीमाथिको प्रतिवन्ध खुलाउने सम्भावना बढी छ ।’

पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने, ग्यास सिलिन्डर प्रयोगकर्ताको बीमा प्रत्याभूत गर्ने, सुरक्षाका थप मापदण्ड बनाउने र उपभोक्तामा सचेतना जगाउन कार्यक्रम चलाउने लगायतका विषयमा सरकारले उद्योगीसँग छलफल गर्नेछ ।

यस्तै वार्तामा उद्योगहरुले सिलिन्डरको सुरक्षामा अपनाउनुपर्ने सावधानी बारेपनि छलफल हुनेछ ।

भारतको नाकाबन्दीपछि सामान्य बनेको ग्यास बजारलाई प्रभावित पार्ने गरी पीडीओ नलिए पनि ततकाल बजारमा ग्यासको संकट नपर्ने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे बताउँछन् । ‘एक-दुईबाहेक सबै उद्योगहरुले यो महिनाभरिका लागि पीडीओ लिइसकेका छन् । त्यसैले तत्काल बजारमा पीडीओ रोकिएकै कारण कुनै असर देखा पर्ने छैन’ घिमिरेले भने ।

उद्योगीले निगमबाट पीडीओ लिएरमात्र भारतीय आयल कर्पोरेसन (आइओसी) का विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्न पाउँछन् । योे नलिएपछि ग्यास आयात गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment