+
+

नेदरल्याण्ड्समा नेपाल विद्यार्थी संघको शाखा विस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १६:४३

बार्सिलोना । नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स शाखा विस्तार हुने भएको छ । आगामी जुन २६ तारिख एक भेलाको आयोजना गर्दै शाखा बिस्तार हुन लागेको हो।
patra-nebi-sangh
नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले, हाल नेदरल्याण्ड्समा अध्ययन गर्दै आइरहेका विवेक गौतमलाई अध्यक्षमा नियुक्ती गर्दै पत्राचार गरेपछि शाखा बिस्तार हुन लागेको हो।

काँग्रेससँग सबन्धित विद्यार्थीहरुलाई समेटेर कार्यसमिति बनाई केन्द्रमा जानकारी गराउन निर्देशन आएकाले भेला आयोजना गर्न लागिएको अध्यक्ष  गौतमले जानकारी दिए।

श्रोतका अनुसार नेपाल विद्यार्थी संघको केन्द्रिय महाविधेसनमा नेदरल्याण्ड्सबाट पनि प्रतिनिधीले भाग लिने जनाइएको छ ।

भेलाले कार्य समिति विस्तार तथा केन्द्रिय प्रतिनिधी चयन समेत गर्नेछ । भेलामा नेदरल्याण्ड्समा रहेका सवै लोकतन्त्रवादीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?