Comments Add Comment

रोनाल्डो रिसाएपछि… (भिडियोसहित)

Ronaldo

जारी युरोकपमा पोर्चुगलको प्रदर्शन अहिलेसम्म खराव छ । पोर्चुगिज खेलाडीहरुमा देखिएको निराशा बुधबार सुपरस्टार क्रिष्टियानो रोनाल्डोको अश्वाभाविक व्यबहारले पुष्टि गरेको छ ।

हंगेरीबिरुद्ध हुने समूहको अन्तिम खेलको तयारीमा रहेको पोर्चुगिज टिम बुधबार बिहान आफु बसेको होटलबाट मर्डिङ वाकका लागि निस्केको थियो । होटल पछाडिको तालको बाटोहुँदै टोली होटल फर्कँदै थियो । उनीहरुलाई थुप्रै समर्थकले पछ्याइरहेका थिए, मिडियाले त झन नपछ्याउने कुरै थिएन ।

पोर्चुगलका लागि आजको खेल गर या मरको अवस्थामा छ । यस्तोमा पोर्चुगिज न्युज च्यानल सिएमटिभीका पत्रकारले टिमका कप्तानसमेत रहेका रियल मडि्रडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई प्रश्न गर्दै माइक तेर्स्याए ।

पत्रकारले उनलाई ‘आजको खेलका लागि तयार हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए । टोलीको निरन्तरको खराव प्रदर्शनका कारण हतास रहेका रोनाल्डो कुन मुडमा थिए कुन्नी उनले पत्रकारको हातबाट ‘बुम माइक’ थुते र नजिकैको तलाउमा फालिदिए ।

आइसल्याण्डको टोलीलाई ‘सानो सोच’को छ भनेर प्रतिक्रिया दिएको १ दिनपछि रोनाल्डोले अष्ट्रिय बिरुद्धको खेलमा पेनाल्टीमा चुकेका थिए । त्यसपछि उनी युरोप लगायत विश्वभरका फुटबलप्रेमीमाझ हाँसोको पात्र बनेका छन् । साथै यस घटनाले उनी विवादित पनि बनेका छन् ।

आइसल्याण्डबिरुद्धको खेल सकिएपछि उनी एक जनासँगमात्र हात मिलाएर बाहिरिए । त्यसपछि पत्रकार सम्मेलनमा उनले भनेका थिए कि ‘आइसल्याण्ड टोलीले खेल सकिएपछि यसरी उत्सव मनाए की मानौं उनीहरुले युरो नै जितेका छन्, यो विश्वासै गर्न सकिँदैन ।’

उनले थपेको थिए, ‘उनीहरुले फुटबल खेल्नै चाहेनन्, मात्र डिफेण्डमात्र गरिरहे, मेरो बिचारमा यो सानो सोचको उपज हो ।’

पाँच दिनपछि उनले अष्ट्रियाबिरुद्ध पेनाल्टी मिस गरे र खेल बराबरीमा सकियो । युरोको नकआउट चरणमा प्रबेशका लागि पोर्चुगलले आजको खेलमा जित्नै पर्नेछ । बराबरीमात्रै गरेपनि पोर्चुगल प्रतियोगिताबाट बाहिरिन सक्छ ।

पोर्चुगल समूहको दोस्रो स्थानमा रहृयो भने अर्को चरणमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट तेस्रो बन्न सक्यो भने उसले अष्ट्रियासँग खेल्नेछ ।

यदी अष्ट्रियाले आइसल्याण्डलाई हरायो र पोर्चुगलले हंगेरीसँग हार्‍यो भने त्यहाँ गोल अन्तरको आधारमा उनीहरुको भाग्यको फैसला हुन्छ र संभवतः घर फर्कनका लागि शुक्रबार जहाज तयार हुनेछ ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment