Comments Add Comment

भारतले पुनर्निर्माण प्राधिकरणका लागि सल्लाहकार पठायो

India-Flag
८ असार, काठमाडौं । भारतले नेपालको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि सल्लाहकार नियुक्त गरेको छ । भारतीय प्रशासन सेवाका भी थिरुपुगललाई भारतीय मन्त्रिपरिषद्ले नेपालको पुनर्निर्माणका लागि सल्लाहकार निुयुक्त गरेको हो ।

उनले सुरुवातमा ६ महिनाका लागि नियुक्ति पाएका छन् । उनले नेपालमै आएर पुनर्निर्माणका लागि आवश्यक परामर्श दिनेछन् ।

अहिले थिरुपुगल भारतको राष्ट्रिय विपद नियन्त्रण प्राधिकरणमा कार्यरत छन् । उनी १९९१ देखि सरकारी सेवामा प्रवेश गरेका थिए ।

अब उनले नेपालमा हुने पुनर्निर्माणमा आफ्नो विज्ञताका आधारमा सल्लाह दिने भारतीय सरकारी समाचार संस्था पीटीआइले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment