+
+

झुलका लागि घण्टौँको लाइन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ११ गते ५:४२

jhul११ असार, काठमाडौं । भरतपुर उपमहानगरपालिका २ को सोममाया थापा नि शुल्क वितरण गर्ने झुल लिन शुक्रबार बिहान ८ बजेदेखि लाइनमा बसिन् । बल्लतल्ल २ बजे मात्र सातजनाको परिवारको लागि तीनवटा झुल पाइन् ।

त्यस्तै दुईवटा झुका लागि विष्णुमायाले १० बजेदेखि ३ बजेसम्म कुर्नुपर्‍यो ।

मलेरिया उन्मूलन गर्ने सरकारी लक्ष्य पूरा गर्न ग्लोबल फन्डको सहयोगमा नेपालका २५ जिल्लामा कीटनाकि झुल वितरण गर्ने सरकारी योजनाअन्तर्गत चितवनको भरतपुर उपमहानगरपालिका २ का सर्वधाधारणले दिनभरी जसो लाइनमा बस्नु पर्‍यो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ग्रामिण विकास आधार नामक गैरसरकारी संस्थाका संयोजक तुलाराज तमाङका अनुसार भोली आएपनि पाइन्छ भन्ने जानकारी नभएका कारया केही समस्या आएको बताए ।  नेपालका विभिन्न स्थानमा तीन लाख ४६ हजार झुल बितरण गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?