Comments Add Comment

काबुल घटनाबारे क्यानडा सरकारलाई नेपालले सोध्यो तीन प्रश्न

Kabul attack, Nepalese Deadbody in Airport (3)

११ असार, काठमाडौं । १३ जना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाबारे सरकारले क्यानडा सरकारसँग कुराकानी थालेको छ ।

नेपाली अधिकारीहरुले दिल्लीस्थित क्यानाडेली उच्चायुक्तसँग नेपालको चासो प्रस्तुत गरेका छन् भने क्यानाडाका लागि नेपाली राजदूतले छिट्टै त्यहाँको परराष्ट्र मन्त्रालयमा नेपालीहरु चासोहरु प्रस्तुत गर्ने बताइएको छ ।

गत सोमबार काबुलमा भएको तालिबानको आक्रमणमा १३ नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । घटनामा मारिएका नेपालीहरु बेलायती सुरक्षा कम्पनीमार्फत अफगानिस्ता गएका हुन् । तर, उनीहरु क्यानाडेली दूताबासको सुरक्षामा खटिएका थिए र ड्युुटीमा जाने क्रममा आक्रमणमा परेका हुन् ।

मृतकहरुको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ भने पाँच जना घाइतेको भारतमा र एकको काबुलमै उपचार भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराव पौडेलले बीबीसी नेपाली सेवासँगको कुराकानीमा काबुल घटनाबारे क्यानडा सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको बताए । नेपाल सरकारको चासो घटना कुन परिस्थितिमा भयो ? पीडित पक्षको क्षतिपूर्ति र नेपाली सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान पुग्यो कि पुगेन भन्ने रहेको उनले बताए ।

‘उद्धारको काम सकिएपछि काबुल घटना कुन अवस्थामा भएको हो, यसबारे क्यानडा सरकारको धारणा के छ भन्ने चासो छ, प्रवक्ता पौडेलले भने, ‘मतक र घाइते प्रति कस्तो दृष्टिकोण लिइरहेको छ भनेर बुझ्ने काम गरेका छौं ।’

काबुलमा मारिएका १३ जनाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment