Comments Add Comment

प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment