+
+
Shares

प्रधानमन्त्रीले शिलान्यास गरेको घरको जग पुरी त्रिपालको बास !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते ६:५३

Sindhupalchok One Year-After-a-Devastating-Earthquake   (6)१२ असार, काठमाडौं । भूकम्पका कारण मानवीय र भौतिक क्षति धेरै बेहोरेको सिन्धुपाल्चोकमा दुईजनाले मात्र अनुदानको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाएका छन् ।  सदरमुकामस्थित चौतारा नगरपालिकाका सर्वे तामाङ र यदुमाया घोरासैनीबाहेक अरूले अनुदानको पहिलो किस्ता पाएका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा दुईजना घरधनीको बैंक खातामा रकम जम्मा भएको हो। सर्वेको घर निर्माण गर्न प्रधानमन्त्री केपी ओलीले वैशाख १२ गते शिलान्यास गरेका थिए तर उनले पैसा नभएका कारण शिलान्यास गर्न खनेको जग पुरी त्रिपाल ठड्याएर बासस्थान बनाएका अाजको अन्नपूर्णमा समाचार छ ।

अनुदान रकम वितरण गर्न स्थानीय विकास मन्त्रालयले सिन्धुपाल्चोक जिल्ला विकास समितिलाई एक अर्ब ७६ करोड ५४ लाख रुपैयाँ पठाएको छ ।  भूकम्पले सिन्धुपाल्चोकमा ६५ हजारभन्दा बढी घर भत्काउँदा तीन हजार पाँच सयभन्दा बढीको ज्यान लिएको थियो ।

प्राधिकरणले मानवीय र भौतिक रूपमा सबैभन्दा बढी क्षति बेहोरेको सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनीलाई अनुदान पाउने सूचीमा समावेश गरेको छ। त्यसमध्ये २० हजार ७८ घरधनीसँग अनुदान सम्झौता पनि भएको छ ।

सिन्धुपाल्चोकसहित भूकम्पबाट अति प्रभावित ११ जिल्लामा शुक्रबारसम्म पाँच हजार आठ सय ४१ घरधनीको पहिलो किस्ताबापत २४ करोड ५९ लाख ५० अनुदान रकम बैंक खातामा जम्मा भइसकेको प्राधिकरणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु परेको गोरखामा ५८ हजार पाँच सय तीन घरधनी अनुदान पाउने सूचीमा सूचीकृत भएका छन्। त्यसमध्ये ३४ हजार चार सय ५७ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?