१५ असार, काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले अर्को साता लिओनल मेस्सीलाई भेट्ने भएका छन् । र, उनले मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिन मनाउने प्रयास गर्नेछन् ।
कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा ४-२ ले पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेका थिए । आफैंले पेनाल्टी मिस गरेपछि निकै दुःख बनेका मेस्सीको सन्यास घोषणा फुटबल समर्थकहरुलाई आश्चयजनक खबर थियो ।
सन्यासको घोषणापछि अर्जेन्टिनी राष्ट्रपति म्याक्रीले मेस्सीलाई फोन समेत गरेका थिए ।
मेस्सी सोमबार अर्जेन्टिना फर्किएका छन् । तर, आफ्नो निर्णयबारे सार्वजनिक रुपमा बोलेका छैनन् ।
राष्ट्रपति म्याक्रीले मेस्सीले अर्जेन्टिनाका लागि जति खेलेका छन्, त्यसबाट आफूहरु निकै खुसी रहेकेा भन्दै अनावश्यक आलोचनालाई अस्वीकार गर्न आग्रह गरेका छन् ।
मेस्सी १३ वर्षको उमेरमा नै बार्सिलोना गएका थिए । र, क्लब फुटबलमा अब उनले जित्न बाँकी केही छैन । तर, अर्जेन्टिनाका लागि अहिलेसम्म ठूलो उपाधि दिलाउन सकेका छैनन् । जसका कारण उनको आलोचना समेत हुने गरेको छ ।
प्रतिक्रिया 4