Comments Add Comment

कोरिया, अमेरिका र जापानले गरे क्षेप्यास्त्र सुरक्षा कवचको परीक्षण

१५ असार, काठमाडौं । दक्षिण कोरिया, अमेरिका र जापानले पहिलोपटक संयुक्त रुपमा व्यालेस्टिक क्षेप्यास्त्र सुरक्षा कवचको परीक्षण गरेका छन् । तीनवटै देशले आफ्नो सञ्चार र तथ्यांक संकलनको पनि परीक्षण गरेका छन् ।

north_koreas_recent_missile_tests_have_alarmed_the_region_afp
तस्वीर एएफपी

सुरक्षा कवचको परीक्षण अमेरिकाको हवाई द्वीपमा गरिएको हो । अमेरिकी सेनाले यो परीक्षणबाट तीन देशबीचको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी नौसेनाका अनुसार यस परीक्षणका लागि कुनै पनि मिसाइल प्रयोग गरिएन तर हरेक देशहरुले सुरक्षा कवचको परीक्षण गर्दा मिसाइलको पनि प्रयोग गर्दछन् ।

यो सुरक्षा कवचले दुश्मनको मिसाइलले क्षति पुर्‍याउनुभन्दा अघि नै आकाशमै प्रहार गरी जमिनमा खसाल्दछ ।

तीन देशका यस संयुक्त परीक्षण हालै उत्तर कोरियाको तर्फबाट कैयौं मिसाइल परीक्षण गरिएको समाचार सार्बजनिक भएलगत्तै गरिएको छ ।

उद्यपी उत्तर कोरियाका धेरैजसो परीक्षणहरु असफल भएका थिए । तर पछिल्लो हप्ता छैठौं परीक्षण सफल भएपछि त्यस वरपरका हरेक देशले सतर्कता अपनाएका थिए ।

उत्तर कोरियाले चारपटक परमाणुको पनि परीक्षण गरिसकेको छ । उसले त्यस परीक्षणलाई सेनाको आवश्यकता भनेको थियो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment