Comments Add Comment

सञ्चालनमा छैनन् भैरहवाका सीसीटीभी

CC-TV-Camera१५ असार, भैरहवा । करिब ३ महिना अगाडि भैरहवाको एउटा घरमा चोरी भयो । चोरहरुले मालसमान लिएर भाग्दाको दृष्य प्रहरीले जडान गरेको सिसिटीभी क्यामरामा कैद भयो र त्यसैको सहयोगले प्रहरीलाई अनुसन्धानमा सफलता मिल्यो, अपराधीलाई कानुनी कारबाही भयो ।

तर आजभोलि भैरहवामा केही अपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई गाह्रो पर्ने देखिएको छ । किनभने भैरहवा क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटीभी क्यामराहरु विगि्रएका छन् ।

भैरहवा शहरमा लगाइएका १२ वटा सिसिटिभी क्यामेरामध्ये ३ वटा मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने रुपन्देहीको बेलहिया नाकामा लगाइएका ८ वटा सिसिटिभी क्यामरामध्ये ४ वटा क्यामरा मात्र स ञ्चालनमा छन् । बेलहियामा लगाइएको उक्त क्यामरा जिल्ला, क्षेत्र हुँदै प्रहरी मुख्यालयमा समेत हेर्न सकिन्छ ।

त्यस्तै जिल्लाको बुटवल क्षेत्रमा जडान गरिएका नौवटा सिसिटिभी क्यामरामध्ये एउटा बिगि्रएको छ ।

(सुरक्षाको दृष्टिकोणले जिल्लाको कुन-कुन स्थानका क्यामरा बिगि्रएको र सञ्चालनमा रहेको हामीले उल्लेख गरेका छैनौं)

अधिकांश क्यामराहरुको तार चुडिएको कारण सञ्चालनमा नरहेको तर क्यामरा सञ्चालनमा ल्याउने प्रक्रियामै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं प्रवक्ता रामेश्वर कार्कीले बताए । उनले भने, ‘सडक बिस्तार गर्ने क्रममा सञ्चालनमा रहेका अधिकांस क्यामराहरुमा समस्या आएको छ । यसलाई हामीले छिट्टै नै सञ्चालनमा ल्याउने प्रकियामै छौं ।’

उनले अपराध न्युनिकरण गर्न जिल्लाका थप स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने प्रक्रिया पनि थालिएको बताए । उनले भैरहवा विमानस्थलको मायादेवी चोक, मेउडिहवा, बुटवलको जितगढी, मिलनचोक लगायतका स्थानमा क्यामरा जडान गरिने प्रक्रिया थालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment